चीनबाट रसायनिक मल ल्याउन बोलपत्र आह्वान
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार ०:७:४४
५ असोज, काठमाडौं । चीनबाट रसायनिक मल ल्याउन बोलपत्र आह्वान गरिएको छ । चीनबाट स्थलमार्ग भएर मल आयात गरी आपूर्तीबारे परीक्षण गर्नका लागि पनि बोलपत्र आह्वान गरिएको हो ।
तातोपानी र केरुङ नाका प्रयोग गरेर ५ हजार मेट्रिकटन डीएपी मल ल्याउन कृषि समाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो । बोलपत्र स्वीकृत भएको बढीमा ७० दिनभित्रै मल धुलिखेल, काठमाडौं र त्रिशुलीको गोदाममा भित्र्याई सक्नेगरी परीक्षणको रुपमा प्रक्रिया थालिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीका अनुसार ओमन, रसिया वा चीन जहाँसुकै किनेको भएपनि चिनियाँ सामुन्द्रिक बन्दरगाह भएर रसुवागढी र तातोपानीबाट ल्याइने गरी बोलपत्र खोलिएको हो ।
चिनियाँ सामुन्द्रिक पोर्ट र स्थलमार्ग भएर नेपालले पहिलोपटक मल ल्याउन प्रयास गरेको कम्पनीले जनाएको छ । मल आपूर्ति सम्बन्धमा मन्त्रालयले गरेको एक अध्यायनमा सानो परिमाणको मल ७० दिनमै चीनतर्फबाट भित्र्याउन सकिने देखिएको थियो ।
सोहीअनुसार चीनतर्फको बाटोको विकल्पमा सरकार गएको मन्त्रलयले जनाएको छ । यसअघि भारतीय जलमार्ग भएर मल आयात गर्दा ढुवानीको लागि १०७ दिन लाग्ने गरेको थियो । केरुङबाट मल आधारमा ट्रकमा ढुवानी गर्नेगरी सानो परिमाणको मलका लागि टेण्डर गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको बोलपत्रमा ४५ दिनभित्र चित्तबुझ्दो ठेकदार आए बोलपत्र स्वीकृत हुने र खरिद प्रक्रिया थालिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार