क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार ०:१६:३२
५ असोज, काठमाडौं । नेपाल क्रिकेट सङ्घ(क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो ।
देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उक्त बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ ।आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो ।
यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई रु एक लाखका दरले तथा जिल्लालाई रु ५० हजारका दरले बजेट उपलब्ध गराएको थियो ।
सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ । कोरोनाका कारण क्रिकेट गतिविधि ठप्प नै थियो । अब यही परिस्थितिमा पनि कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार