ओली र प्रचण्डबीच दुई घण्टा छलफल, अझै मन्त्रीको टुंगो लागेन !
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार ०:२२:२७
५ असोज, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा दुई घण्टा छलफल भएको छ । मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच दुई घण्टा छलफल भएपछि मन्त्री बन्नेको नाम भने टुंिगएको छैन् ।
मन्त्री बन्ने तथा अहिले भएका मन्त्रीलाई हटाउने विषयको टुंगो लगाउन सचिवालय बैठक स्थगित गरेर ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको हो । खासगरी हटाउने र नयाँ मन्त्री बन्नेको नाम टुंगो लगाउन दुई अध्यक्षलाई सकस देखिएको छ ।
अहिले भएका खास निकट मन्त्रीलाई हटाउन दुवै अध्यक्ष तयार छैनन् । नयाँ बन्ने मन्त्रीको नाम पनि धेरै जनाको भएपछि त्यसबाट सिमित नाम छान्न दुवै नेतालाई दबाब परेको हो । प्रचण्डलाई वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउनुपर्ने भएपछि मन्त्री बन्नेको नाम पनि समेटेर ओलीलाई कन्भिन्स गर्नुपर्ने जिम्मेवारी छ ।
सोही कारण आज महत्वपूर्ण ठानिएको दुई अध्यक्षबीचको छलफल लम्बिएपनि निष्कर्षमा पुग्न सकेन् । आज भएको छलफलअनुसार भोलिको सचिवालय बैठकमा एजेन्डा र नाम प्रस्तुत गर्ने तयारी छ । तर अझै पर्याप्त छलफल र एकिन नाममा सहमति नजुटेकाले भोलिको बैठकबाट पनि मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय अझै पछाडी धकेलिने संकेत देखिएको छ ।
यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गरेको थियो । तर सहमति जुट्न सकेको थिएन । मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरिएपनि निष्कर्ष नआएपछि भोलि बालुवाटारमा बोलाइएको नेकपाको सचिवालय बैठक प्रभावित हुने सम्भावना छ । यसअघि हिजो भने पेरिसडाँडामा बैठक बसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार