शनिबार , कार्तिक १५, २०७७

आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु लाइफको अवस्था तन्नम !

आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु लाइफको अवस्था तन्नम !

६ असोज, काठमाडौं । सबैभन्दा कान्छाे  जीवन बीमा कम्पनी प्रभु लाइफ इन्सुरेन्स लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले औषत भन्दा कमजोर अवस्थामा संचालनमा रहेको बताएको छ । आईपीओ निष्काशन गर्नुपूर्व इन्स्योरेन्सले रेटिङको काम गराएकाे थियाे । इक्राले प्रभु लाइफलाई औसत भन्दा कमजोर आधार जनाउने ‘ ग्रेड ४’ रेटिङ दिएको छ ।

इक्राको रिपोर्टलाई आधार मान्ने हो भने कम्पनी कुनै पनि बेला समस्यामा पर्न सक्ने भन्ने बुझिन्छ । कम्पनीको व्यवस्थापकीय र प्रशासनिक काम पनि उच्च कोटीको नभएको, कम्पनी संलग्न रहेको व्यवसायको मूल्यांकन, यसको व्यवसायमा अन्तरनिहित जोखिम बहन गर्न सक्ने क्षमता र प्राप्त अवसरहरुको प्रवभाकारी उपयोग गर्नसक्ने प्रतिस्पर्धी क्षमताको साथै कम्पनीको वित्तीय स्थितिको मूल्यांकन पनि औषत भन्दा तल रहेको इक्राले पाइएको हाे ।

संस्थागत सुशासनको दृष्टिकोणबाट प्रभु लाइफ कम्पनीको सबल पक्ष भन्दा दुर्बल पक्ष बढी रहेको इक्राकाे प्रतिवेदनमा उल्लेख छ । समग्रमा कम्पनी तन्नम अवस्थामा रहेको बुझिन्छ । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ६० लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । आईपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको सो इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

इन्स्योरेन्सले आगामी असोज २९ गते साधारण सभा बोलाएको छ । सभामा २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि रहेका छन् । साधारण सभा काठमाडौं नक्सालस्थित म्यारियट होटलमा बिहान ११ बजे सुरु हुने बताइएकाे छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु रहेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय