गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १६:२८:५२
६ असोज, सिमकोट । नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् ।
गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार गाउँमा १० महिलाको गर्भ जाँच गरिएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिए । नाम्खामा रहेका गर्भवतीहरू सुत्केरी हुन स्वास्थ्यचौकी नगएको अवस्थामा पछिल्लो समय स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको बोहराले बताए ।
पटक–पटक जिल्ला अस्पताल हुम्ला, गाउँपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले सुत्केरी महिला स्वास्थ्यचौकीमा गएर आफनो गर्भ जाँच, सुत्केरी गराउन विभिन्न किसिमका जनचेतना तथा सन्देश जारी गरेका कारण केही प्रतिशत मात्रै महिला गर्भ जाँचका लागि आउने गरेको बताइएको छ । नाम्खा गाउँपालिकामा गर्भ जाँच गरिएका १० महिलाको अवस्था सामान्य र राम्रो रहेको अनमी बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार