मृतकका परिवारलाई दुई लाख सहयोग
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार २२:५१:५३
६ असोज, लमजुङ । लमजुङमा चट्याङबाट मृत्यु भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको परिवारलाई राहतस्वरुप रु दुई लाख प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप रु दुई लाख मृतकका परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक विकको आमा जुठी विकलाई रु दुई लाख हस्तान्तरण गरे ।
नेपाल सरकारको नियमानुसार उक्त रकम परिवारलाई मृतक सन्तको काजकिरियाका लागि सहयोग पुग्ने प्रजिअ शर्माले विश्वास व्यक्त गरे । परिवार गुमाउँदा ठूलो चोट पुगे पनि सरकारको राहतले आलो घाउमा मलम लगाउने प्रयास गरेको छ । उक्त समितिले मृतक परिवारलाई मृत्यु भएको २४ घण्टा नपुग्दै उक्त राहत वितरण गरेको छ । मृतक छोरा बुहारी र नातिको काजकिरिया गर्नका लागि केही सहयोग पुग्ने उनको भनाइ छ ।
उक्त समितिले मृत्यु भएको केही घण्टामा नै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ । रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष भोजबहादुर रिमाल, आफन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सोमबार साँझ चट्याङबाट घाइते भई जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृतक विकको राति नै मृत्यु भएको थियो ।
मृतकको शवपरीक्षण गरी आज दाहसंस्कार गरिएको छ । मृतक विकको आमा, श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । त्यस्तै सोही चट्याङबाट सोही गाउँकी २२ वर्षीय घाइते चिजा गुरुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि आज दिउँसो डिस्चार्ज भएका छन् । घाइते गुरुङ करीब २२ घण्टाको उपचारपश्चात् निको भएर घर फर्किएका हुन । घाइते गुरुङको उपचार खर्च उक्त समितिले व्यहोर्ने प्रजिअ शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
गोरखाको वीरेन्द्र तालमाथि हिमपहिरो खस्दा अचानक बाढी
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार