लकडाउनका कारण अफ्रिकामा गैंडाको चोरी तस्करी घट्यो
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार २३:५६:२९
६ असोज, जोहानेसबर्ग । दक्षिण अफ्रिकामा कोरोना भाइरस फैलिन रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण गैंडाको चोरी तस्करी निकै घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिनेक्रम फेरि शुरु हुने खतरा विज्ञहरुले औंल्याएका छन् ।
दक्षिण अफ्रिकामा लकडाउन गत मार्चको अन्त्यमा घोषणा गरिएको थियो । सबै अन्तर्राष्ट्रिय र स्वदेशी उडान तथा यात्राहरुमाथि प्रतिबन्ध लगाइएको थियो । अफ्रिकामा अहिले दैनिक जनजीवन विस्तारै खुला गर्न थालिएको छ भने आगामी अक्टोबर १ देखि अन्तर्राष्ट्रिय पर्यटकलाई पनि भ्रमणका लागि खुला गरिँदैछ ।
दक्षिण अफ्रिकाका वातावरण विभागका प्रवक्ता अल्बी मोडिसेले लकडाउनका कारण गैंडा मार्नेक्रम रोकिएको बताउँदै यस अवधिमा गैंडा चोरी तस्करी नियन्त्रणका सन्दर्भमा नयाँ उपायहरुको खोजी गरिएको जानकारी दिए ।
विभागका अनुसार यस वर्ष सन् २०२० को पहिलो छ महिनामा दक्षिण अफ्रिकामा मारिने गैंडाको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष छ महिनाको अवधिमा दक्षिण अफ्रिकामा १६६ वटा गैंडा मारिएका थिए ।
दक्षिण अफ्रिकामा करिब २० हजार गैंडा छन् । यो संख्या विश्वको कूल गैंडाको संख्याको झण्डै ८० प्रतिशत हो । बहुमूल्य गैंडाको खागका तस्करहरुले गैंडाको चोरी सिकारी गर्ने गरेका छन् । अफ्रिकी महादेशमा केन्या, नामिबिया र जिम्बाबेमा पनि गैंडा छन् ।
क्वाजुलु–नाटाल प्रान्तमा गैंडा संरक्षणका लागि स्थापित हुहुवे–मोलोजी निकुञ्जको वरिपरि “स्मार्ट बार” बनाइएको छ जसले निकुञ्जभित्र छिर्न खोज्ने जोकोही व्यक्तिका बारेमा निकुञ्जका रक्षकहरुलाई पूर्व सूचना दिने गर्दछ । एपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार