डाक्टर केसी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना
नेपालबहस संवाददाता
असोज ६, २०७७ बुधबार ०:५५:२३
६ असोज, काठमाडौं । सर्वत्र विरोधपछि अनसनरत डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ।
आफ्नो अवस्था सामान्य रहेको भन्दै घर जाने इच्छा व्यक्त गरेपछि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले उनलाई साँझ साढे ६ बजे डिस्चार्ज गरेका थिए । डाक्टर केसी ट्रमाबाट बाहिरिए लगत्तै आफ्ना सहयोगीहरुका साथमा ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।
यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई सोझै टिचिङ अस्पतालमा ल्याउने भनिए पनि बीचमा प्रहरी परिचालन गरी उनलाई ट्रमा सेन्टरमा लगिएको थियो। डाक्टर केसीले टिचिङमा लैजानु पर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालेका थिए। प्रहरीको उक्त कदमको तीव्र निन्दा भएको थियो।
उनी अहिले शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने जनाएका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार