सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १५:४४:३७
७ असोज डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ ।
निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढी कैलालीमा दुई हजार ११०, डोटीमा एक हजार ५०, अछामका ९९४, कञ्चनपुरमा ७७५, बाजुरामा ६३०, बझाङमा ५१९, बैतडीमा ३८९, डडेल्धुरामा ३४८ र दार्चुलामा ८७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका पाँच ७६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६८७, डोटीमा ९३४, अछाममा ९१२, कञ्चनपुरमा ७१२, बाजुरामा ४४२, बझाङमा ३८८, बैतडीमा ३२६, डडेल्धुरामा ३१६ र दार्चुलामा ४५ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमिततको सङ्ख्या ५ हजार ९०० नाघेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार