“ हिजड़ों ने भाषण दिए लिंग–बोध पर, वेश्याहरुले कविता पढे आत्मशोध पर !!”
इन्द्र रिजाल
असोज ७, २०७७ बुधबार १८:१७:१६
नेता र नीति बद्ली सक्यो साथी अब तिम्रो त्यो विभेदकारी चस्मा फाल्ने बेला भयो ? तिम्रा हाम्रा वर्गीय सपनाहरुमा रंग भर्ने जिम्मा लिनेहरु अझैं आफ्नैं सपनामा रल्लिरहेका छन् । दुवै हातमा लड्डु समातेका बच्चा झैं अनि हामी अझैं आसे नजरले तिनैलाई हेरिरहेका छौँ ।
२ /४ जना भातमारा नेताहरुको राजनीतिक भविष्य सुरक्षित गर्न बहुदलीय व्यबस्था विरुद्ध मैनबत्ती बालेर जुलुस निकलेनौं र ? यदि बहुदलीय व्यबस्थामा नै पछारिनु थियो भने ०१७ साल मै मुन्टियको भए के हुन्थ्यो ?
तर यिनीहरुको अवस्था भाडाका ट्टूको जस्तै थियो । कुनै राजनैतिक हैसियत नै थिएन र त्यसबेलाका महान राजनीतिज्ञहरुका अघि यिनीहरुको औकात र अस्तित्व पनि थिएन । सायद, ०१७ देखि ०४६ सम्मको कालखण्डमा हामीले भोगेका सम्पूर्ण कष्टका लागि यिनीहरुले जिम्मेवारी लिन्छन ?
हिजोका ती पम्फादेवी अनि तानाशाहका काल्पनिक कथाहरु कता पुरिए ? नातावाद, कृपावाद, जहानियाँ शासन, स्वीस बैंकको त्यो अकुत सम्पत्ति जस्ता अनर्गल कथाहरु खै त ? बरु अचेल पो देखिंदै छ त पम्फादेवीका नयाँ भर्जनहरु अनि नवतानाशाहका घृणित कर्महरु ? बीसौं हजार हाम्रा दाजुभाईहरुको हत्या अनि अहिलेको अकर्मण्डता, भ्रष्टाचार, देशद्रोहको औचित्य कसरी पुष्टि गरौँ ?
कुख्यात बामपन्थी कवि धूमिलले एउटा कविता लेखेका थिए “ हिजड़ों ने भाषण दिए लिंग–बोध पर, वेश्याहरुले कविता पढे आत्मशोध पर !!” मलाई यो पंक्ति कताकता हाम्रा भाडाका क्रान्तिकारी प्रचण्ड बाबुरामको जीवनीसँग मेल खाए झैं लागेर यहाँ उधृत गरें । दोष यी भातमारा नेताहरुको मात्रै पनि हैन, केही हदसम्म हाम्रै पनि हो । किनकी फगत एकछाक मासुभातको लोभमा या भनौं दुइचार पैसाको लालचाले हामीहरु स्वमं नै यिनीहरुको पिछलग्गु हुन् पुग्यौं । कसैलाई जागिरको आश्वासन मिल्यो होला, कसैलाई आफ्नो जात, क्षेत्र, भाषाले लोभ्यायो होला । कारणहरु अनेक हुन् सक्छन वा अरु चाहे जेसुकै किन नहोस् ।
अब तपाई आँफै भन्नुहोस्, तपाई हामी जस्ता लुच्चा, स्वार्थी र गुलाम जस्ता कार्यकर्ता पाएपछि मदन भण्डारी होस् या वीरेन्द्रको हत्या गर्न कुनै कठिनाई हुन्छ त ? हुने कुरै भएन । यदि त्यसो हैन भने के हामीले दरवार हत्याकाण्ड होस् वा भण्डारी हत्याकाण्डको उचित विरोध गर्यौं त ? कदापी गरेनौं । हाम्रो आन्दोलन केवल आफ्ना नेताले औंला तेर्साएतिर लक्षित भयो । नेताले औंला त्यतै तेर्साए, जता उनीहरुलाई सहज सत्तामा पुग्ने भ्र्याङ्ग थियो ।
हाम्रो दासताले हामीलाई नेताहरुले कोरिदिएको लक्ष्मणरेखा पार गर्ने औकात दिएकै छैन तसर्थ पटकपटक टुक्रिएर पनि हामी थुतुनोमा रुन्चे खुशी देखाउन बाध्य छौँ । कारण हामी प्रतिपक्षको कटाक्षसँग लाज मान्छौं । होइन भने नेताको लज्जास्पद क्रियाकलाप, तिनीहरुको भ्रष्ट्रचार, पदीय वेइमानी, अनैतिक आचरणको केही विरोध गर्थौँ होला ।
अहिले त झन् दशकौंदेखि हामीलाई रंगीन सपना देखाउनेहरुको पूर्ण बहुमतको सरकार छ । खै त आहत जनतालाई राहत ? जनताको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने कुनै मुद्धा सम्बोधन हुनपनि सकेनन् । अरु स्वाभिमानी नेपालीको त कुरै छोडौं । लाजशरम नमानिकन के तपाई अझैं पनि साँच्ची नै गर्वसँग म कम्युनिस्ट हुँ भन्न सक्नुहुन्छ ? स्वाभिमानी हुनुहुन्छ भनेपनि सक्नुहुन्न सायद ।
साथी, समय अब पहिला जस्तो छैन । संसार धेरै फेरिएको छ । संसारभरी एकअर्कासँग कोही टाढा छैन । सबैलाई सबैको सबै कुरा छर्लंग थाहा छ । तसर्थ हामीले एकअर्कालाई अल्मलाउन सकौंला केही समय तर धेरैबेर ढाँटन सक्दैनौं । तसर्थ हे ! आफुलाई बामपन्थी हुँ भन्ने साथीहरु ! आफ्नो ग्रन्थीको मर्मत गर्नुस अनि आफ्नो अवसरवादी चस्मा फालिदिनुहोस र भन्नुहोस यी यावत काण्डहरु भारदारी हत्याकाण्ड, राजपरिवार हत्याकाण्ड, लाउडाकाण्ड चाहे निर्मला बलात्कार होस् या ३३ किलो सुनको कुरा होस् अथवा वालुवाटारको जग्गा होस् । कोरोनाको नाममा अरवौं खरवौंको राष्ट्रको ढुकुटीको दोहनको कुरा नै किन नहोस् !
के हामीले वर्तमान अराजकता विरुद्ध राज्य संचालनको ठेक्का लिएका राष्ट्रद्रोही विरुद्ध उचित दवाव दियौं त ? आफ्ना नेताहरुलाई ?
तपाई आफु त जीवनभर नेताको दास, गुलाम, झोले भएरै गुजार्नु होला तर आफ्ना सन्ततिको सुनौलो भविश्यसँग अझै कति खेलवाड गर्नुहुन्छ ? चेतना भया !!! जय नेपाल !!! फ्र्यान्क्फर्ट, जर्मनी ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार