बुधबार , कार्तिक १२, २०७७

२० बर्षिया बुहारीमाथि महिनौंदेखि ससुराको बलात्कार !

२० बर्षिया बुहारीमाथि महिनौंदेखि ससुराको बलात्कार !

७ असोज, भोजपुर । २० बर्षिया बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । घटना भोजपुरको हो । टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय ससुरा घरमा एक्ली रहेकी बुहारीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

छोरा बाहिर रहेकाले घरमा एक्ली रहेकी बुहारीमाथि ससुराले महिनौदेखि पटक पटक बलात्कार गर्दै आएका थिए । पटक पटक जबर्जस्ती गरेपछि प्रहरीमा बुहारीले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । छोरो वैदेशिक रोजगारीमा गएपछि घरमा रहेकी बुहारीलाई ससुरालाई बलात्कार गर्ने गरेको पीडित महिलाको भनाई छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय