बुधबार , कार्तिक १२, २०७७

स्याङ्जामा पहिरोले दुई जनाको मृत्यु, आठ जना सम्पर्कविहीन

स्याङ्जामा पहिरोले दुई जनाको मृत्यु, आठ जना सम्पर्कविहीन

८ असोज, काठमाडौं । अबिरल बर्षासँगै आएको पहिरोले स्याङ्जाका दुई स्थानमा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार एक जनालाई जीवितै उद्धार गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको गएराती नै मृत्यु भएको छ भने आठ जना अहिलेसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ । तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय