हाभर्टर्जको ह्याट्रिकमा चेल्सीको जित
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १५:३८:३७
८ असोज, एजेन्सी । चेल्सीले कारबाओ कप फुटबलमा फराकिलो जित दर्ता गरेको छ । बुधबार राति चेल्सीले तेस्रो चरणको खेलमा बान्र्सलेमाथि ६–० को जित दर्ता गरेको हो ।
चेल्सीको जितमा हाभर्ट्जले ह्याट्रिक गरे । २१ बर्षका जर्मनीका फरवार्ड चेल्सी आएपछि पहिलो गोल गरेका हुन् । उनी जर्मन क्लब बायर लिभरकुसनबाट ७१ मिलियन पाउण्डमा यसै सिजन लण्डन आएका हुन् । अरु गोल टोमी अब्राहम, रोस बार्कली र ओलिभर जिराउण्डको नाममा रह्यो ।
हाभर्ट्सले सिनियर क्लब फुटबलमा पहिलो पटक ह्याट्रिक गरेका हुन् । सन् २०२० मा भएको प्रतियोगितामा उनी २६ गोलमा सहभागी बनेका छन् । उनले १८ गोल गरेका छन् भने ८ गोलका लागि पास उपलब्ध गराएका छन् । उनी भन्दा माथि रोबर्ट लेवान्डोस्की, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सबै भन्दा धेरै गोलमा सहभागी बनेका छन् ।
चेल्सीले अर्को चरणमा टोटेनहम वा लिटन ओरिएन्ट मध्य एकको भ्रमण गर्नेछ । डिफेन्डर डियागो सिल्भाले चेल्सीबाट पहिलो पटक डेब्यु गरेका थिए । २६ बर्षका ब्राजिली डिफेन्डर यसै सिजन लण्डन क्लब आएका हुन् ।
अर्को खेलमा लण्डन क्लब आर्सनलले कारबाओ कपको तेस्रो चरणमा लेस्टरलाई हरायो । क्रिस्टियन फक्सको आत्मघाति गोलसंगै अग्रता लिएको आर्सनलका लागि खेलको अन्तिम मिनेटमा एडी निकेटियाहले दोस्रो गोल गरेका थिए ।
आर्सनलले अब लिग च्याम्पियन लिभरपुलसंग अर्को चरणमा खेल्न सक्नेछ । त्यसका लागि लिभरपुलले बिहिबार लिग वान क्लब लिंकनलाई हराउनुपर्नेछ ।
अन्य प्रिमियर लिग क्लबहरु न्युक्यासल, एभर्टन, ब्राइटोन, वर्नली र फुलहले समेत आ आफ्नो खेलमा जित निकाले । च्याम्पियनसिप क्लब स्टोक सिटीले समेत तेस्रो डिभिजनको क्लब गिलिंगहमबिरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार