५८ बर्षपछि हुम्लामा भेटियो ११ नम्बर पिल्लर !
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १६:५३:१
८ असोज, काठमाडौं । नेपाल चीन सीमा विवाद अन्तर्गत ५८ बर्षपछि हुम्लामा पर्ने ११ नम्बर पिल्लर फेला परेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले गरेको अध्ययन अनुसन्धानका क्रममा नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा ११ नम्बरको पिल्लर भेट्टिएको हो ।
गाउँपालिका अध्यक्ष विष्णु लामाका अनुसार २०१९ सालमा गाडिएको उक्त पिल्लर रहेको ठाउँ समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ। त्यहाँ पुग्न हिल्साबाट ६ घण्टा लाग्छ। २०६४ सालदेखि हराएको पिल्लर सशस्त्रले खोजिरहे पनि भेटिएको थिएन । तर अहिले प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा खटिएको टोलीले भने पिल्लर भेटिएको छ ।
सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो।
शनिवार सीडीओ गिरीको नेतृत्वमा सशस्त्र प्रहरी डीएसपी मोहन विष्ट, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको टोली जिल्ला सदरमुकाम सिमिकोटबाट सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेको टोलीले पिल्लर भेट्टाएरै छाडेको हो ।
पिल्लर भेटिएपछि अब चीनले नयाँ बनाईरहेको भवन नेपालतिर पर्छ वा चीनतिर पर्छ भन्ने एकिन हुनेछ । नेपाल सरकारले भने चीनले बनाईरहेको भवन उसकै भूमिमा रहेको बताइसकेको छ । तर हुम्लाका जनप्रतिनिधिले भने चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार