बुधबार , कार्तिक १२, २०७७

एक हजार दुई सय १६ थान नक्कली नोटसहित दुई जना पक्राउ

एक हजार दुई सय १६ थान नक्कली नोटसहित दुई जना पक्राउ

८ असोज, बारा । बाराको सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थानसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन् ।

उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मोबाइल लिई फरार भएका व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यस वर्ष राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने यस वर्ष राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने ४ दिन पहिले
प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीद्धारा अनुसन्धान शुरु प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीद्धारा अनुसन्धान शुरु ३ हप्ता पहिले
चाँडै कोरोना भाइरसलाई जित्नेमा राष्ट्रपति भण्डारीकाे विश्वास चाँडै कोरोना भाइरसलाई जित्नेमा राष्ट्रपति भण्डारीकाे विश्वास १ दिन पहिले
वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! ४ दिन पहिले
पञ्जाबलाई १९२ रनको लक्ष्य, आईपीएलमा रोहितको ५ हजार रन पूरा पञ्जाबलाई १९२ रनको लक्ष्य, आईपीएलमा रोहितको ५ हजार रन पूरा ४ हप्ता पहिले
आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न पाइने आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न पाइने २ हप्ता पहिले
आज थप १ हजार ५५१ जनामा कोरोना संक्रमण आज थप १ हजार ५५१ जनामा कोरोना संक्रमण ३ हप्ता पहिले
चिनियाँ दुतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका नेताहरु पक्राउ चिनियाँ दुतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका नेताहरु पक्राउ ३ हप्ता पहिले