भुवन केसीसँगको लफडापछि झनै महंगी साम्राज्ञी !
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २१:१:४२
८ असोज, काठमाडौं । सदावहार नायक भूवन केसीसँगको लफडापछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्रबाट पाखा लाग्ने धेरैको अनुमान थियो । उनले ठूलो हिम्मतका साथ भुवनविरुद्धको आक्रोश पोखेकी थिइन् ।
धेरै नेपाली नायिकाले भोगेको तर भन्न नसकेको यौन दुव्र्यवहारको विषय साम्राज्ञीले उठाएकी थिइन् । जसको पक्षमा धेरै चलचित्रकर्मीले हातमा हात थापे । तर केहीले विरोध पनि गरे । र पनि साम्राज्ञी डराईनन् ।
यस्तै वाद र विवादका बेला साम्राज्ञीको व्यवस्ततामा कुनै फरक आएको छैन् । उनी झन अहिले नयाँ नयाँ फिल्म साइन गरिरहेकी छिन् । सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गर्दै उनले यसको पुष्टि गरेकी छिन् ।
यो चलचित्रमा १५ लाख बढी पारिश्रमिक साम्राज्ञीले बुझेको चर्चा छ । उनले पहिले पनि १५ लाखभन्दा कम मूल्यमा फिल्म नखेल्ने अडान लिएकी थिइन् । मनिष राउत, नायिका आना शर्मा समेत रहने फिल्ममा उनी प्रमुख भूमिकामा रहने गरी फिल्ममा साइन गरेकी हुन् ।
नायिका शाहलाई चलचित्र ‘हुतुतु’का लागि पनि अफर गरिएको चर्चा चलचित्र बजारमा छ । गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए ।
दुबै चलचित्र बक्स अफिसमा पछारिदा साम्राज्ञीको क्रेज कमजोर बनेको टिप्पणी भयो । यसअघि खेलेका फिल्ममा पनि उनले चर्को पारिश्रमिक लिएकी थिइन् । कूनै बेला यस्तै क्रेज रेखा थापाको थियो । अहिले नायिका साम्राज्ञीको क्रेज छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार