दिल्लीबाटै आईएपीएलको उपाधि जित्ने सन्दीपको लक्ष्य
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २१:५६:१०
८ असोज, एजेन्सी । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट आईपीएलको उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका सन्दीपले आफ्नो लक्ष्य उपाधि जित्ने रहेको बताएका हुन् ।
पहिलो खेलमा टिममा नपरेपनि आफू अबका खेलमा टिममा पर्ने उनको भनाई छ । पहिलो खेलमा किंग्स ११ पञ्जावलाई सुपर ओभरमा हराएको दिल्लीले दोस्रो खेल शुक्रबार चेन्नई सुपरकिंग्ससँग खेल्दैछ।
क्यारेबियन प्रिमियर लिग सिपिएल खेलेर उतैबाट युएई पुगेका सन्दीप क्वारेन्टिनमा रहेकाले पहिलो खेलका लागि उपलब्ध हुन नसकेको बताएका छन् । सिपिएलमा उनले जमैका तलावाजबाट समूह चरण र सेमिफाइनल गरी सबै ११ खेल खेल्दा १२ विकेट लिन सफल भएका थिए।
यसपटक दिल्लीका मुख्य स्पिनर रविचन्दन आश्विन घाइते भएकाले सन्दीपले मौका पाउने सम्भावना बढी नै छ । आश्विन पहिलो खेलमा बाया हातको पुराने चोटका कारण एक ओभर मात्रै बलिङ गरेर मैदाबाट बाहिरिएका थिए । उनले एकै ओभरमा दुई विकेट लिएर टिमलाई जिततर्फ उन्मुख गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार