बुधबार , कार्तिक १२, २०७७

समयमै बिहे गर्नुस, सरकारबाट ६ लाख पाउनुस !

समयमै बिहे गर्नुस, सरकारबाट ६ लाख पाउनुस !

८ असोज, एजेन्सी । अब बिहे गरेपछि ६ लाख रुपैयाँ पाइने भएको छ । तर नेपालमा होइन्, जापानमा मात्रै । जापानले जन्मदर बढाउने उद्धेश्यले नवविवाहित जोडीका लागि आर्थिक सहयोग दिने घोषणा गरेको छ । आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख जापनिज रुपैयाँ प्राप्त गर्ने जापान सरकारले घोषणा गरेको हो ।

जापानमा मान्छेहरू कामप्रति निकै समर्पित हुन्छन् । उनीहरू लामो समयसम्म काम गर्छन् । काममै व्यस्त हुँदा धेरै जापानिज ढिला विवाह गर्ने वा अविवाहित नै रहने क्रम बढेको छ । उनीहरूको यही जीवनशैलीका कारण जापानमा जन्मदर घट्दो अवस्थामा छ ।

सोहीकारण जापान सरकारले नवविवाहित सहयोग कार्यक्रमको घोषणा गरेको हो । सरकारको योजनाअनुसार नवविवाहित जोडीले आफ्नो नयाँ जीवन सुरुवात गर्न सरकारबाट ६ लाख रकम प्राप्त गर्नेछन् ।

सरकारले यो कार्यक्रमलाई व्यापक बनाएर देशमा चाँडै विवाह गर्नेको संख्या बढाउने योजना बनाएको छ । यसका लागि सरकारले केही विशेष मापदण्ड तय गरेको छ । मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवैजना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय