अस्ट्रेलियाको तस्मानियामा ४७० ह्वेलमध्ये ३८० को मृत्यु
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २३:२८:२६
♦ म्याकक्वेरे हार्वर
८ असोज, अस्ट्रेलिया । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ ।
ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अड्किने सम्भावना बढी हुने बताइन्छ । ह्वेलविज्ञहरूले गत सोमबार तस्मानिया क्षेत्रमा अलपत्र परेका ह्वेल सम्भवत अन्टार्कटिका जाने क्रममा बाटो विराएर पानीको सतह कम भएको तटीय क्षेत्रमा फसेका हुनसक्ने बताएका छन् । उद्धार प्रयासका बावजुद् पनि अनुकुल वातावरण नपाउँँदा तीन दिन भित्रमा यति धेरै सङ्ख्यामा ह्वेलको मृत्यु भएको छ ।
बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन् ।तास्मानियाका अधिकारीहरूले ‘प्राणी जीवित रहेसम्म’ उद्धार कार्य जारी रहने बताएका छन् । “पानीमा जीवितै रहँदासम्म हामीसँग आशावादी हुने अवस्था रहन्छ । तर समय बित्दै जाँदा उनीहरू झन् थकित हुनेछन्,” तास्मानियाको पार्क र वाईल्डलाईफ सर्भिसका क्षेत्रीय प्रबन्धक निक डेकाले बताए।
त्यसपपहिले सन् २००९ मा करिब २०० पाइलट ह्वेल बलौटे पानीमा फसेको फेला परेका थिए । तालिमप्राप्त ६० उद्धारकर्ताको एउटा टोलीले गोफनलगायतका विभिन्न उपकरणको सहयोगले मंगलबार बिहानदेखि केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पु¥याउन सुरु गरेका थिए । तर शक्तिशाली छालका कारण उक्त कार्य चुनौतीपूर्ण भइरहेको उनीहरूको भनाइ छ । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार