पत्रकार सम्मेलनमै रोए स्वारेज, बार्सिलोनाबाट बिदा
नेपालबहस संवाददाता
असोज ८, २०७७ शुक्रबार ०:७:२२
८ असोज, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज आफ्नो बिदाई कार्यक्रमको पत्रकार सम्मेलनमै रोएका छन् । बार्सिलोनाबाट एट्लेटिको मड्रिड गएका उनको औपचारिक बिदाईका लागि क्लबले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा दुई शब्द बोल्नेवित्तिकै स्वारेजले आँशु रोक्न सकेनन् । आफूलाई विश्वकै महान क्लबमा खेल्न दिएकोमा धन्यवाद दिदै उनले कठिन भएपनि बाध्य भएर क्लब छाड्न लागेको बताएका हुन् ।
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्राथमिकतामा पर्न नसकेपछि स्वारेज एट्लेटिको जान लागेका हुन् । उनले यसअघि युभेन्ट्स जान खोजेका थिए । तर त्यहाँको नागरिकता पाउन नसकेपछि लोनमा उनी एट्लेटिको जान तयार भएका हुन् ।
सन् २०१४ को विश्वकपपछि उनी प्रिमियर क्लब लिभरपुलबाट बार्सिलोना गएका थिए । बार्सिलोनामा ६ सिजन बिताएका उनले १३ वटा उपाधि जित्न सफल भए । मेस्सी स्वारेज र नेयमारको तालमेल मिल्दा सन् २०१५ मा बार्सिलोनाले ला लिगा, सुपर कप र च्याम्पियन्स लिग जितेको थियो ।
तर नेयमारले क्लब छाडेर पीएसजी गएपछि बार्सिलोनामा मेस्सी र स्वारेजको आक्रमणपंक्ति कमजोर बनेको थियो । जसले गर्दा स्वारेजलाई क्लब छाड्न बाध्य बनायो । मेस्सीले पनि अर्को बर्ष क्लब छाड्ने घोषणा गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
कुन सांसदको कस्तो प्रश्नमा प्रधानमन्त्रीको कस्तो जवाफ ? [ प्रश्नोत्तरसहित ]
चैत ६, २०८० मंगलबार
गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्छः कांग्रेस
चैत ६, २०८० मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु
चैत ६, २०८० मंगलबार
सर्लाहीमा अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
चैत ६, २०८० मंगलबार
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
चैत ६, २०८० मंगलबार