कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ?
नेपालबहस संवाददाता
असोज ८, २०७७ शुक्रबार ४:२९:४१
८ असोज, काठमाडौं । गुर्जो पहिले पहिले उत्तिसारो प्रयोगमा थिएन । सामान्यतया गाईभैसीलाई दिइने गुर्जो अहिले कोरोनाबाट बच्ने र कोरोना जित्न गुर्जो अचुक उपाय बनेको छ । रैतीदेखि भीआईपीसम्मले गुर्जो खाने गरेका छन् ।
गाउँघरमा जताततै पाइने गुर्जो शहर बजारमा महंगो हुन थालेको छ । यसको माग बढेपछि मुल्य पनि ह्वात्तै बढेको छ । कोरोना नलगोपनि धेरैले घरमा किनेर राखेका छन् । यसको अर्थ गुर्जो बहुगुणयुक्त औषधि भएको डाक्टरहरु बताउँछन् ।
आयुर्वेदिक डाक्टरहरु गुर्जोलाई अझै व्यवस्थित गरेर प्रयोग गर्न दिनुपर्नेमा जोड दिदै आएका छन् । गुर्जोमा धेरै प्रकारको औषधिय गुणहुने आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाले बताए ।
उनका अनुसार गुर्जो खाँदा ध्यान भने अवश्य पुर्याउनुपर्छ । गुर्जो सबैले खान सक्ने भएपनि यसको मात्रा मिलाएर खाएमा धेरै उपयोगी हुन्छ ।
गुर्जो किन खानुपर्छ ?
– कोरोना भाइरसअगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो।
– दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।
– रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन्।
– गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ ।
– यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्। त्यस्तो भए मह मिसाएर खाँदा राम्रो हुन्छ।
– यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन।
गुर्जो कति र कसरी खाने ?
– गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध छ ।
– धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ।
– डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ।
– गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार