दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १४:४३:१०
९ असोज, दमौली । तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ ।
केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५र७६ को तुलनामा २०७६र७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिए । “जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ”, डा श्रेष्ठले भने । डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भएको थियो ।
जिल्लामा २९ हजार ४१९ मेट्रिक टन दूधको माग भए पनि मागभन्दा २१ हजार २६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ । चार हजार ५२६ मेट्रिक टन मासुको माग भए पनि १६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भए पनि सात लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।
विज्ञ केन्द्रका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढी रहेको छ । जिल्लामा एक लाख ४० हजार ७४७ भैँसी, ९६ हजार ६०८ गाईपालन गरिएको छ । त्यस्तै ८९३ भेडा, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा, एक हजार ३८२ हाँस, ७९ हजार १८० बङ्गुरपालन गरिएको छ । जिल्लामा १९४ गाईफार्म, ६८ भैँसी, २९३ बाख्रा, ९८ बङ्गुर, २४२ कुखुरा र ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन् । युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायत काम विज्ञ केन्द्रले गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार