बेगखोलामा पुल नबन्दा बिरामीलाई सास्ती
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १५:२:१०
९ असोज, म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी भइन । दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी हुनुपरेको हो । “कुमारीले अस्पताल पुग्न नपाई कालीओढार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि बाटैबाट गाउँ फर्किए छन्”, दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले भने, “३० गते सर्पले टोकेर घाइते भएका दोवाकै दलबहादुर गर्बुजालाई बेनी अस्पताल जाने क्रममा डोजरको बकेटमा राखेर बेगखोला तारिएको थियो ।”
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा दुःख पाएका नागरिकका उदाहरणका पात्र मात्र हुन् दोवाका कुमारी र दलबहादुर । विसं २०७३ भदौ १७ गते रातिको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ घर बगाएको थियो । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा हरेक बर्खायाममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ती र झन्झट ब्यहोर्नुपरेको छ । भदौ २७ गते नारच्याङ जाने क्रममा बेनीका खगेन्द्र भण्डारीले बेगखोलामा मोटरसाइकल ट्र्याक्टरमाथि चढाएर तार्नका लागि रु एक हजार तिरे । “उर्लेर आएको बाढीमा मोटरसाइकल तार्न सकिएन”, उनले भने, “रु एक हजार दिएपछि ट्र्याक्टरमाथि मोटरसाइकल चढाएर तारिदिए ।”
कार्यालयको काम विशेषले सदरमुकाम बेनी आएर फर्कने क्रममा टिकोट माविका प्रअ प्रदीप पुन बाढीका कारण एक रात बेगखोलामै बास बस्नुपरेको बताउछन । कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ ।
बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बर्खायाममा बेगखोलामा दैनिकजसो अवरुद्ध गराउने अन्नपूर्ण–६ पोखरेबगरका खड्ग गिरीले बताए। “रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका नागरिकलाई आवतजावत गर्न गाडी परिवर्तन गर्नुपर्ने झन्झट र सास्तीका साथै जोखिम भएको छ”, उनले भने, “मुस्ताङमा उत्पादित स्याउ, आलुलगायत कृषि उपज निकासी, दैनिक उपभोग्य सामान ढुवानी र बिरामीलाई अस्पताल पु¥याउन सकिएको छैन ।”
बेगखोलामा मोटरेबल पुल नबन्दासम्म आवतजावतलाई सहज बनाउन झोलुङ्गे पुल भए पनि बनाउनुपर्ने स्थानीयवासीको माग छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले सडक विभागअन्तर्गतको पुल महाशाखाले बेगखोलामा मोटरेबल पुल बनाउन ठेक्का आह्वान गरिसकेको बताए । “विभागले नै पुल बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ”, उनले भने, “विभागमार्फत नै महभिर र पोखरेबगरमा दुई वटा पुल निर्माणको क्रममा छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार