बुधबार , कार्तिक १२, २०७७

सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल

सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल

९ असोज, दार्चुला । एक होटलमा नेपाल प्रहरीका सई मृत फेला परेका छन् । शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका ४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। उनलाई जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो। त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो। उनको मृत्यु बारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय