एसओएसले लियो टुहुरा बालिकाको जिम्मा
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १८:५७:५१
९ असोज, बैतडी । दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो ।
एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली बैतडी पुगेर ती बालिकालाई जिम्मा लिएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए। अढाइ वर्षदेखि ती बालिकाको खाना र बसोबास व्यवस्था नगरपालिकाले गर्दै आएको थियो । सत्पालीका १५ वर्षीय निलम, १३ वर्षीय इन्द्रा, १२ वर्षीय पार्वती, १० वर्षीय लक्ष्मी, सात वर्षीय विन्दु र पाँच वर्षीय माया लावडलाई पठनपाठनसहितको जिम्मा उक्त संस्थाले लिएको हो ।
बैतडीस्थित हनुमानध्वज गुल्मका सेनानी प्रवीन थापाले टुहुराको जिम्मा लिन आग्रह गरेपछि बालग्रामको टोली बैतडी पुगेर जिम्मा लिएको हो । ती बालिकालाई उनीहरुको कागजपत्रसहित दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संयुक्तरुपमा बालग्रामका निर्देशक अमगाईँलाई हस्तान्तरण गरे ।
टुहुरा बालबालिकाको सहयोगका लागि विभिन्न ठाउँबाट रु एक लाख ३६ हजार रकम सङ्कलन भएको र त्यो रकम बैंक खातामा जम्मा गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार