एचआईभी भाइरसबाट निको भए दोस्रो व्यक्ति
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २०:९:५५
९ असोज, एजेन्सी । बेलायतको लन्डनमा बस्ने एक युवक एचआईभी भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यसरी अहिलेसम्म औषधि नबनेको एचआईभीको भाइरसबाट मुक्त हुने उनी संसारका दोस्रो व्यक्ति हुन् ।
एयाडम क्यास्टिलेजोलाई ३० महिनाअघि एन्टी रेट्रोभाइरल भनिने भाइरसको सङ्क्रमण स्थिर राख्ने औषधि दिन बन्द गरिएको थियो। उनलाई एचआईभीविरुद्धको औषधिले नभई उनलाई लागेको एक प्रकारको क्यान्सरबाट प्राप्त गरिएको स्टेम सेल कोष प्रयोग गरी गरिएको उपचारद्वारा निको तुल्याइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्ता कोषमा एक प्रकारको असाधारण आनुवंशिक गुण हुन्छ जसले क्यास्टिलेजो जस्ता मानिसलाई एचआईभीविरुद्ध सुरक्षा प्रदान गर्दछ। त्यसअघि सन् २०११ मा टिमोथी ब्राउन एचआईभी सङ्क्रमण मुक्त हुने पहिलो व्यक्ति बनेका थिए। उनलाई साढे तीन वर्षअघि त्यस्तै उपचार सुरु गरिएको थियो।
कसरी हुन्छ उपचार ?
स्टेम सेल भनिनेको कोषको प्रत्यारोपण थालिएपछि शरीरभित्र एचआईभी भाइरसलाई त्यही व्यक्तिकै इम्युन सेल भनिने कोषलाई नयाँ प्रत्यारोपित कोषहरूले प्रतिस्थापन गर्न थाल्छन्। त्यसले एचआईभी सङ्क्रमण प्रतिरोध गर्न थाल्छ।
अहिले लन्डनका ४० वर्षीय क्यास्टिलेजोको रगत, वीर्य वा तन्तुमा एचआईभी नभेटिएको उनका चिकित्सकहरूले बताएका छन्। क्यास्टिलेजोले अहिले आफ्नो परिचय पनि सार्वजनिक गरेका छन्।
केम्ब्रिज विश्वविद्यालयका प्रमुख प्राध्यापक रवीन्द्रकुमार गुप्ताका अनुसार यसले निश्चितरूपमा एचआईभी निको तुल्याइएको घटनाको प्रतिनिधित्व गर्दछ। साढे दुई वर्षदेखि उनलाई एन्टी रेट्रोभाइरल दिनु परेको छैन।
सफल स्टेम सेल प्रत्यारोपणमार्फत एचआईभी निको पार्न सम्भव हुन्छ जुन काम नौ वर्षअघि ुबर्लिनका बिरामीुमा सफलतापूर्वक गरिएको थियो। त्यसलाई फेरि फेरि प्रयोग गर्न सकिन्छ। त्यो उपचार पद्धतिमार्फत क्यास्टिलोजोको शरीरभित्रका ९९ प्रतिशत एचआईभी सङ्क्रमित कोषहरू सङ्क्रमणमुक्त भएका थिए।
तर यो उपचार विश्वभरिका दशौँ लाख एचआईभी सङ्क्रमितहरूमा सम्भव हुँदैन। पछिल्लो थेरापी एचआईभी सङ्क्रमितमा नभई क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो।
एचआईभी सङ्क्रमितहरूका लागि अझै पनि एन्टी रेट्रोभाइरल थेरापी प्रभावकारी साबित भइरहेको छ। त्यो उपचारमार्फत एचआईभी शरीरमा रहेका मानिसहरू लामो समयसम्म स्वस्थ भएर बाँच्न सकिरहेका छन्।
स्रोत :बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार