धरानमा कोरोनाले दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २०:१२:१७
९ असोज, काठमाडौं । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज ३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी १का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ७० वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको हो । उनलाई निमोनिया भएको थियो भने ज्वरो आउनुका साथै खोकी पनि लागेको थियो ।
भदौ २५ गते कोरोना पुष्टि भएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले रेफर गरेका उनको बिहीबार राती धरानमा मृत्यु भएको हो । यस्तै मोरङको कानेपोखरी १का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ ।
असोज ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आईसीयू कक्षमा भर्ना भएका उनको आन्द्रामा क्यान्सर भएपछि अपरेशन गरिएको थियो । अपरेशन पश्चात उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अपरेशन पश्चात ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिनुका साथै निमोनियाको समेत लक्षण देखिएको उनको कोरोनाले मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार