मंगलबार , कार्तिक ४, २०७७

गोलबजारमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

गोलबजारमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

९ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका–४ गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। योसँगै देशभर बैंकको कुल शाखा संख्या १०३ पुगेको छ।

बैंकले ग्राहकको विश्वसनियता अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तारलाई तीव्रता दिएको छ। बैंकले ५ लाखभन्दा बढी ग्राहकमाझ बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

ग्राहकको हितलाई ध्यानमा राखी देशको अर्थतन्त्र सुदृढ बनाउन आफूहरु सधैँ प्रयासरत रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय