खुमा अर्याल फाउण्डेशनले बालिकाको उपचार गरिदिने
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २२:२:४६
९ असोज, स्याङ्जा । केही दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण गएको पहिरोमा परी घाईते भएकी वालिङ नगरपालिका १४ तमादीकी १६ वर्षिया मनिषा नेपालीको खुमा अर्याल फाउण्डेशनले उपचार गरिदिने भएको छ ।
बिहीबार बिहानपख घरमाथिबाट खेसेको पहिरोमा ९ जनाको मृत्यु भएको थियो । सोही पहिरोबाट उद्धार गरिएकी नेपालीको फाउण्डेशनले सम्पूर्ण खर्च व्यर्होने गरी उपचार गरिदिने भएको हो । ९ जना आफन्त गुमाएकी नेपालीको आर्थिक अवस्था समेत नाजुक छ ।
पहिरोबाट उद्धार गरिएकी बालिकाको वालिङमा सामान्य उपचारपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा थप उपचार भईरहेको छ । अस्पतालका अनुसार बालिकाको अवस्था खतरामुक्त रहेपछि उपचार प्रक्रिया लामो हुनेछ ।
“बालिकाको आर्थिक अवस्था नाजुक रहेको र ९ जना आफन्त गुमाउँदाको अवस्थामा उनको उपचार हामीले गरिदिने निर्णया गरेका छौं ।” फाउण्डेशनका सचिव ध्रुव शर्माले भने, “बैदेशिक रोजगारमा भारत रहेका एक दाजु बाहेक आफन्त सबै गुमाएकी बालिकाको उपचारमा जति खर्च लागेपनि फाउण्डेशनले तिर्नेछ ।”
उक्त पहिरोमा परी ज्यान गुमाउनेमा १४ बर्षे बिक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक नाबालक रहेका छन । यसैगरी, २८ वर्षकी उमाकला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
कृषि तथा मेडिकल क्षेत्रमा लगानी गरेका स्याङ्जाका खुमा अर्यालको नाममा बनेको फाउण्डेशनले जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रमा काम गर्दै आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सक्रियतापूर्वक समाज सेवामा लागेको फाउण्डेशनले आर्थिक अवस्था नाजुक भएका विपन्न परिवारलाई समेत सहयोग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार