शनिबार , जेठ १, २०७८

आइतबारदेखि ब्याडमिन्टन प्रशिक्षण शुरु हुने

आइतबारदेखि ब्याडमिन्टन प्रशिक्षण शुरु हुने

९ असोज, काठमाडौं । राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन संघले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो । संघका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

संघले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण गरेको छ । प्रशिक्षण अवधिमा समेत पीसीआर परीक्षण समय समयमा गरिने उनले बताए । सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिइने संघको योजना छ । प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनु अघि निर्मलीकरण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय