पहिराेमा बेपत्ता पाँचै जनाको शव भेटियो
नेपालबहस संवाददाता
असोज १०, २०७७ शनिबार १५:११:२३
१० असोज, पाल्पा । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराेले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।
घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।
शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो । झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो । अवरुद्ध सडक खुलाउन डोजरले काम गरे पनि पहिरो खस्नेक्रम नरोकिएका कारण समस्या भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमनसुनको समयमा फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
चैत ४, २०८० आइतबार
रसुवामा ४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का
चैत ४, २०८० आइतबार
नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री
फागुन ४, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार