शनिबार , जेठ १, २०७८

कोरोना संक्रमणबाट छाउनीमा सैनिक जवानको मृत्यु

कोरोना संक्रमणबाट छाउनीमा सैनिक जवानको मृत्यु

१० असोज, काठमाडौं । शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा कोरोना भाइरसको संक्रमणबाट सैनिक जवानको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको छाउनीमा मृत्यु भएको हो ।

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय