शनिबार , जेठ १, २०७८

कोरोनाबाट विश्वभर ९ लाख ९३ हजार भन्दा बढीको मृत्यु

कोरोनाबाट विश्वभर ९ लाख ९३ हजार भन्दा बढीको मृत्यु

१० असोज, पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २७ लाख ८३ हजार पुगेका छ ।

कूल संक्रमितमध्ये दुई करोड ४१ लाख ८४ हजार निको भएका छन् भने करिब ७६ लाख मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७२ लाख ४४ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख संक्रमित भएका छन् भने यहाँ ९३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करिब ४७ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रचण्ड पत्नी सीता मेडिसिटी अस्पतालमा भर्ना प्रचण्ड पत्नी सीता मेडिसिटी अस्पतालमा भर्ना २ हप्ता पहिले
अष्ट्रेलियाका राजदूत दाहाल हटाइए अष्ट्रेलियाका राजदूत दाहाल हटाइए २ हप्ता पहिले
संयुक्त राष्ट्र संघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने संयुक्त राष्ट्र संघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने २ हप्ता पहिले
लघुवित्तको ४ लाख ५५ हजार कित्ता संस्थापक शेयर लिलामीमा, प्रतिकित्तामूल्य ४ सय १६ रुपैयाँ लघुवित्तको ४ लाख ५५ हजार कित्ता संस्थापक शेयर लिलामीमा, प्रतिकित्तामूल्य ४ सय १६ रुपैयाँ ३ दिन पहिले
संक्रमण बढेपछि थरुहट-थारुवानको संघर्षको कार्यक्रम स्थगित संक्रमण बढेपछि थरुहट-थारुवानको संघर्षको कार्यक्रम स्थगित ३ हप्ता पहिले
ज्याला कम हुदाँ प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न मान्दैनन् युवा ज्याला कम हुदाँ प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न मान्दैनन् युवा ४ हप्ता पहिले
नेपालमा थप २६१८ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु नेपालमा थप २६१८ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु ३ हप्ता पहिले
आज देशभर ९१९६ जनामा कोरोना पुष्टि, ५० संक्रमितको मृत्यु आज देशभर ९१९६ जनामा कोरोना पुष्टि, ५० संक्रमितको मृत्यु १ हप्ता पहिले