शनिबार , जेठ १, २०७८

मोदी र सुगाबीच टेलिफोन वार्ता, सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी

मोदी र सुगाबीच टेलिफोन वार्ता, सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी

१० असोज, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।

सो विज्ञप्तिका अनुसार उनीहरुबीच शुक्रबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई बधाई दिएका छन । सुगा जापानको प्रधानमन्त्रीमा हालैमात्र निर्वाचित भएका थिए । प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई कार्यकालको सफलताको कामना गरेर बधाई ज्ञापन गरेको सो विज्ञिप्तमा जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

साथै भारत र जापानबीचको विगत लामो समयदेखिको सम्बन्ध उनको कार्यकालमा थप सुदृढ हुने धारणा प्रधानमन्त्री मोदीले राखेको पनि सो विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री सुगाको कार्यकालमा आगामी दिनमा भारत र जापान आर्थिक तथा अरु पनि धेरै क्षेत्रमा साझेदारी गरेर अघि बढ्ने विषयमा सो फोनमा कुराकानी भएको थियो ।

त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई अहिलेको कोभिड-१९ को महामारी कम भएपछि भारतको भ्रमणका लागि आमन्त्रण पनि गरेको बताइएको छ । त्यस फोनवार्तामा उनीहरुबीच कोभिड-१९ ले पारेको असरका बारेमा छलफल गर्दै यसको नियन्त्रण र रोकथामका लागि गरिएका कार्यहरुका बारेमा पनि आपसी अनुभव आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान ४ घण्टा पहिले
नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु ७ घण्टा पहिले
पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद ३१ मिनेट पहिले
आईसोलेसनलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग आईसोलेसनलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग २१ घण्टा पहिले
अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन ४ घण्टा पहिले
ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने १९ घण्टा पहिले
डब्ल्यूएचओ भन्छ, भाइरसका कारण नेपाल आपत्‌कालीन स्थितिमा ! डब्ल्यूएचओ भन्छ, भाइरसका कारण नेपाल आपत्‌कालीन स्थितिमा ! ५ घण्टा पहिले
मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम ७ घण्टा पहिले
नेपाल र उपेन्द्रसँग प्रचण्डको गोप्य वार्ता नेपाल र उपेन्द्रसँग प्रचण्डको गोप्य वार्ता १ हप्ता पहिले
ओली प्रभावशाली नेताहरुलाई तान्ने रणनीतिमा ओली प्रभावशाली नेताहरुलाई तान्ने रणनीतिमा ३ हप्ता पहिले
महाप्रबन्धक पौडेलको नेतृत्वमा नेपाल एयरलाइन्स सुधारतर्फ अग्रसर, एक निर्णयले जोगियो डेढ अर्ब महाप्रबन्धक पौडेलको नेतृत्वमा नेपाल एयरलाइन्स सुधारतर्फ अग्रसर, एक निर्णयले जोगियो डेढ अर्ब ४ दिन पहिले
ओलीसहित एमालेका शीर्ष नेताहरु बूढानीलकण्ठमा ओलीसहित एमालेका शीर्ष नेताहरु बूढानीलकण्ठमा १ हप्ता पहिले
दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा, यात्रुहरु हर्षित दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा, यात्रुहरु हर्षित ३ हप्ता पहिले
बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रधानमन्त्री बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रधानमन्त्री १ हप्ता पहिले
ओली नेपाललाई कार्यदल बनाउने जिम्मा ओली नेपाललाई कार्यदल बनाउने जिम्मा १६ घण्टा पहिले
वर्ल्डलिंककाे प्रायोजनमा रहेको फुटबल अब घरमा नै बसेर हेर्न पाइने वर्ल्डलिंककाे प्रायोजनमा रहेको फुटबल अब घरमा नै बसेर हेर्न पाइने ३ हप्ता पहिले