आइतबार , जेठ २, २०७८

सम्झना विकको हत्यारालाई कारबाही गर्न नेविसंघकाे माग

सम्झना विकको हत्यारालाई कारबाही गर्न नेविसंघकाे माग

१० असोज, काठमाडौं । नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।  नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी बझाङको मष्टा गाउँपालिकाका १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि भएको हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

“लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ,” उनले भने ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेविसंघका महामन्त्री दिपक भट्टराईले केही महिना पहिले नवराज विकलगायत युवाको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताउँदै दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका विभेद र आक्रमण रोक्नका लागि कडा कानून बनाउन सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय