शनिबार , जेठ १, २०७८

गण्डकीमा १३ कोरोना संक्रमित थप

गण्डकीमा १३ कोरोना संक्रमित थप

१० असोज, गण्डकी । गण्डकी प्रदेशमा १३ कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ६७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार कास्कीका सात तथा तनहुँ र लम्जुङका तीन÷तीन जना कोरोना संक्रमित थपिएका छन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोना संक्रमणका कारण प्रदेशमा हालसम्म ३३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये दुई हजार ५५४ जना निको भएका छन् भने एक हजार ८६ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय