अर्घाखाँचीको ढुंगेशेरामा पहिरोले ६ घर भत्किए
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १६:२२:३९
११ असोज, बुटवल । अर्घाखाँचीको डुंगेशेरामा पहिरोले डाँडो भासिदा ६ घर भत्किएका छन् । २० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।गएराति पहिरो जाँदा नगरपालिकाको वडा नंं. ११ को डुंगेशेरामा वस्ती भासिन शुरु भएको हो । घर भत्किए पनि मानवीय क्षति भने भएको छैन् । पहिरो पर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन् ।
तीन दिनअघि पहिरोले जमिन भासिदा डेढ दर्जन घरमा क्षति पुगेएको शितगंगाकै वडा नंं. १२ को कोठिया मैदान गाउँको ठीक पारिपट्टि ढुंगेशेरा गाउँ छ ।
कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा जोख्ले गैरा, पहरेपानी र बतासे टोलका ४७ घर परिवार पूर्णरुपमा विस्थापित भैसकेका छन् । ४७ घरमध्ये १७ घर काम नलाग्ने गरी भासिएका हुन् भने बाँकी उच्च जोखिममा परेकाले विस्थापित भएका छन् । विस्तापित ४७ परिवारलाई हाल कोठिया मैदानको गौरा माध्यमिक विद्यालयमा अस्थायी व्यवस्थापन गरिएको छ ।
कोठिया मैदान र ढुंगेशेरा दुवै गाउँ चुरे क्षेत्रमा पर्छन् । दुवै गाउँ खेतीका लागि उर्बर क्षेत्र हुन् । तीन–चार वर्षअघिदेखि त्यहाँको जमिन धाँजा फाट्ने गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
हेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार