बर्दिवास अस्पताललाई पीपीई सेट बक्स
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १७:३०:५१
११ असोज, महोत्तरी । कोभिड–१९ संक्रमण रोकथामका लागि पीसीआर परीक्षण थालेको महोत्तरी जिल्लाको बर्दिवास अस्पताललाई पीपीई बक्स सेट उपलब्ध भएको छ । शनिबार एक समारोहबीच पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठान बर्दिवासले स्वास्थ्यकर्मीको सुरक्षाकवच मानिएको पिपिइ ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट बक्स सेट उपलब्ध गराएको हो ।
कोभिड–१९ संक्रमण रोकथाममा अग्रमोर्चामा रही काम गर्ने स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलन गर्दा संक्रमण जोखिम हुन नदिन उपयोगी हुने पीपीइ सेट बक्स प्रतिष्ठानका अध्यक्ष विष्णुबहादुर खड्काले प्रदान गरेका हुन । शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्दा सेटबक्सभित्र रहेर काम गर्न सक्ने हुँदा यसको उपयोगले स्वास्थ्यकर्मी संक्रमण जोखिमबाट बच्ने स्वाब सङ्कलनमा संलग्न स्वास्थ्यकर्मीको भनाइ छ । यो बक्ससेट रु ८० हजार मूल्यको बताइएको छ ।
बर्दिवास अस्पतालको नयाँ भवनमा बर्दिवास नगरपालिकाले आफ्नै तत्परतामा पीसीआर मेशिन जडान र सो सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गरेर पीसीआर परीक्षण गर्दै आएको छ । गत भदौ १२ गतेदेखि पीसीआर परीक्षण थालेको बर्दिवास अस्पताललाई प्रतिष्ठानले उपलब्ध गराएको पिपिइ सेटबक्स महत्वपूर्ण साधन हुने बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए ।
अस्पताललाई यो सामग्री प्राप्त भएपछि स्वास्थ्यकर्मी संक्रमण जोखिम कम हुने विश्वास गर्छन् । “संक्रमण जोखिम घटाउन यो स्वाब सङ्कलनमा संलग्न स्वास्थ्यकर्मीका लागि महत्वपूर्ण साधन हो”, बर्दिवास नगरपालिकाले सञ्चालन गरेको कोभिड–१९ रोकथाम अभियानको सहसंयोजकसमेत रहेका स्वास्थ्यकर्मी रामबाबु यादव भने, “यो बक्सको सही प्रयोगले स्वाब सङ्कलनका क्रममा स्वास्थ्यकर्मीमा सङ्क्रमण हुने जोखिम अब धेरै कम हुनेछ ।”
बर्दिवासका उद्यमी व्यवसायी खड्काले आफ्ना दिवङ्गत मातापिताको सम्झनामा स्थापना गरेको प्रतिष्ठानले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम थालेको छ । गत सातामात्रै प्रतिष्ठानले बर्दिवास नगरक्षेत्रका निर्धन परिवारका जेहेन्दार विद्यार्थीलाई प्राविधिकधारको शिक्षाका लागि १५ जनालाई रु २५ लाख छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसअघि गत जेठमा बर्दिवास नगरक्षेत्रमा कोभिड–१९ संक्रमण ह्वात्तै बढ्दा होटल व्यवसायी प्रतिष्ठानका अध्यक्ष खड्काले एक महिनासम्म क्वारेन्टाइन सञ्चालनको सम्पूर्ण व्ययभार बेहोरेका थिए ।
जताततै क्वारेन्टाइन व्यवस्थापन राम्रो हुन नसकेको गुनासो बढेका बेला खड्काले त्यहाँ बस्नेहरुको खानपिन, बसाइ, आवश्यक सामग्रीको कुशल व्यवस्थापनमा देखाएको कौशलको बर्दिवास नगरवासीले सम्झना गर्ने गरेका छन् । खड्काले क्वारेन्टाइन सञ्चालनमा देखाएको कौशल र तत्परता यस भेगमा राम्रो मानकका रूपमा स्थापित भएको बर्दिवास नगरपालिकाका प्रमुख कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार