शनिबार , जेठ १, २०७८

झापाका संक्रमितको विराटनगरमा ज्यान गयो

झापाका संक्रमितको विराटनगरमा ज्यान गयो

११ असोज, विराटगनर । विराटनगरमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल उपचार केन्द्रमा मृत्यु भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति अस्पताल भर्ना गरिएको थियो । तर अस्पताल पुर्याएको केही समयमै उनको मृत्यु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शरीर कमजोर हुने, ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।

झापामा उपचाररत रहँदा अवस्था थप गम्भीर बन्दै गएपछि शनिबार राति विराटनगर ल्याइएको थियो । तर उपचार केन्द्रमा भर्ना गर्नु अगाडि नै उनको मृत्यु भएको थियो । यससँगै प्रदेश १ मा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय