अब सातै प्रदेशमा प्रज्ञा–प्रतिष्ठान प्रकाशन पुग्ने
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार २०:७:४३
११ असोज, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ ।
आधिकारिक बिक्रेता छनोटका लागि विसं २०७७ साउन २२ गते प्रथम पटक र भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेकामा थियो । निर्धारित सर्तका अधीनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन । प्रा उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायत विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकालाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पु¥याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गरे।
मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशन सम्झौता बमोजिम नै देशका सबै भागमा र विदेशमा पु¥याउने प्रतिबद्धता जाहेर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार