बुधबार , कार्तिक १२, २०७७

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे !

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे !

११ असोज, बझाङ । बझाङमा बलात्कारपछि मारिएकी सम्झना विकको हत्या स्थानीय युवा राजेन्द्र बोहराले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ । बझाङ मष्टा गाउँपालिका २ की १२ वर्षीया बालिका सम्झनाको हत्या बोहराले गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

यसअघि नै उनले गाउँकै एक बालिकालाई बलात्कार गरेको पाइएको छ । यसअघि बलात्कार भएको घटना गाउँमै मिलाएको कागज समेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको छ । बोहराले पहिलो बलात्कारको पोल गाउँभरी नै फैलिने डरले सम्झनाको बलात्कारपछि हत्या नै गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

कसरी भयो बलात्कार ?

सम्झना सधैझै घरबाट टाढा रहेको गोठमा गाईभैसीलाई घाँस हाल्न गएकी थिइन् । घटना तीन दिनअघिको हो । घाँस हाल्न जंगलको बाटो उनी सधै एक्लै जाने गरेकी थिइन् । त्यो दिन पनि उनी एक्लै गइन् ।

सधै उनको कामै त्यही थियो । आमाबुवाले अह्राउने गरेका थिए । सानी छोरी भएपछि मान्नुको विकल्प थिएन् । तर बाटोमा प्राय पछि लाग्ने र फकाएर यौन सम्पर्क गर्न खोज्ने राजेन्द्र्र त्यो पनि पछि लागे । उनी सम्झनाको कोमल शरीर चाहन्थे ।

त्यस पनि दिन पनि राजेन्द्र साथीहरुलाई छाडेर सम्झनाको पछि लागे । जंगलभन्दा केही पर पुगेपछि उनले सम्झनालाई बलात्कार प्रयास गरे । तर उनले मानिनन् । जबर्जस्ती बलात्कार गरेपछि सम्झना चिच्याउन थालिन् ।

केही समय घम्साघम्सी नै पर्यो । तर जब सम्झनाको आवाजले गाउँले आउने जोखिम बढ्यो । राजेन्द्र आत्तिए । अनि बलात्कार गरेपछि उनले ढुंगाले सम्झनाको मुखमा हानेर आवाज सधैका लागि बन्द गरिदिए ।

बलात्कार गर्न खोज्दा चिच्याएपछि सम्झनाको ढुंगाले हानेर राजेन्द्रले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । बाटोमा सबैले सहजै शव देख्ने भएपछि उनले मन्दिरभित्र लिएर राखे । अनि आफू घरतिर आए ।

हत्यापछिको दृश्य

सम्झना जंगलको मन्दिरमा अन्तिम स्वास लिदै थिइन् । घरमा उनको खोजी चल्यो । गोठमा गाईगोरुलाई घास हाल्न गएकी उनी नफर्किएपछि भोलिपल्ट मात्रै उनको शव नजिकैको मन्दिरभित्र फेला पर्यो ।

शरीरमा आधा कपडा नभएको । अनुहार रक्ताम्मे भएर ढुंगाले थिचिएको थियो । शरीरमा कोतर कातर परेको अवस्थामा यौनीबाट रगत समेत बगेको देखिएपछि आफन्तले सोझै बलात्कारपछि हत्या भएको आशंका गरे ।

लगत्तै प्रहरी बोलाएर मुचुल्का उठाएपछि घटना बाहिर आयो । यसअघि पनि गाउँमा युवतीलाई बलात्कार गर्दै हिड्ने राजेन्द्र्रतर्फ सबैको आशंका गयो । तर डरले घरभित्रै लुकेर बसेका उनलाई प्रहरीले अर्को दिनको सबेरै पक्राउ गरेर हिराशतमा लियो ।

दुई दिनसम्मको लगातार केरकारपछि राजेन्द्रले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ । यद्यपी यसबारे बझाङ प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय