कामै सम्पन्न नगरी ७५ लाख भुक्तानी !
नेपालबहस संवाददाता
असोज ११, २०७७ सोमबार ०:४०:१३
११ असोज, बुटवल । प्रदेश सरकारले कामै नगरी एक कम्पनीलाई ७५ लाख रुपैयाँ भुक्तानी दिएको पाइएको छ । प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले काम सम्पन्न नै नगरी ललितपुरको सानेपामा कार्यालय रहेको पिकासो इन्फो डेभलपर्स सट्याक जेभीलाई ७५ लाख रुपैयाँ भुक्तानी दिएको पाइएको हो ।
जबकी यो ठेक्काको ९३ प्रतिशतभन्दा बढी रकम भुक्तानी हो । मन्त्रालयले प्रदेश ५ भित्रका प्रमुख पर्यटकीय स्थल, धार्मिक तथा ऐतिहासिक क्षेत्र, होटल, यातायातलगायत क्षेत्रलाई समेट्ने गरी थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेशन बनाउन ८० लाखमा उक्त कम्पनीलाई ठेक्का दिएको थियो।
गतवर्ष माघमा सूचना जारी गर्दै प्रक्रिया सुरू गरेको मन्त्रालयले लकडाउनकै बीचमा २०७७ वैशाख १० गते पिकासो डेभलपर्स सट्याक जेभीसँग कार्य सम्पादन गर्ने सम्झौता गरेको थियो।
मन्त्रालयले प्रकाशन गरेको सूचना र उक्त परामर्शदातासँगको सम्झौतामा प्रदेशका प्रमुख पर्यटकीय स्थल, धार्मिक तथा ऐतिहासिक क्षेत्र, होटल, यातायातलगायत क्षेत्रलाई समेट्ने गरी थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेसन निर्माण गर्ने भनिए पनि कामै नसकी भुक्तानी दिइएको लेखा शाखाले जनाएको छ।
मन्त्रालयका लेखा अधिकृत मुकुन्दप्रसाद पराजुलीका अनुसार सम्बन्धित शाखाको टिप्पणी र सचिवको लिखित आदेशका आधारमा लेखा शाखाले भुक्तानी दिएको हो।
कोरोना भाइरसको महामारी फैलिन नदिन देशभरी लकडाउन गरी कार्यालयसमेत आंशिक खुलेका बेला प्रदेशभरिका पर्यटकीय गन्तव्यको थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेसन बनाउने सम्झौता गर्नु नै शंकाष्पद छ ।
कर्मचारीहरूका अनुसार मन्त्रालयका तत्कालीन सचिव राधा वाग्ले र योजना शाखा प्रमुख शिवकुमार केसीको योजनाअनुसार हतारहतार असार २९ गते उक्त परामर्शदातालाई बोलाई डेमो प्रदर्शन गरिएको थियो।
सम्झौतामा प्रदेशका १२ वटै जिल्लाका पर्यटकीय गन्तव्यको भिडिओ समावेश गर्ने भनिए पनि तीन वटा जिल्लाका तीन स्थानबाहेक अरू कुनै सामग्री समावेश नगरिएको ती कर्मचारीले बताए।
डेमो प्रदर्शन कार्यक्रममै मन्त्रालयका केही कर्मचारीले यस विषयमा प्रश्न उठाए पनि बेवास्ता गरेर भुक्तानी दिइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार