शनिबार , जेठ १, २०७८

ग्लोबल आइएमई बैंकले ल्यायो “मेरी उनीलाई” मुद्दति खाता योजना

ग्लोबल आइएमई बैंकले ल्यायो “मेरी उनीलाई” मुद्दति खाता योजना

११ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।

‘मेरी उनीलाई’ मुद्दति योजनाले महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पु¥याउने बैंकले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने बैंकको भनाई छ ।

यस योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होमलोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको जनाइएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिग मर्जर सम्झाैता हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिग मर्जर सम्झाैता २ दिन पहिले
कमजोर हिमालयन बैंकको इन्भेष्टमेन्ट बैंकसँग मर्जर, दशरथ प्रवृत्तिले इन्भेष्टमेन्ट बैंकका शेयरधनीलाई झट्का कमजोर हिमालयन बैंकको इन्भेष्टमेन्ट बैंकसँग मर्जर, दशरथ प्रवृत्तिले इन्भेष्टमेन्ट बैंकका शेयरधनीलाई झट्का ४ दिन पहिले
फाइनान्स भन्दा कमजोर बन्दै सेञ्चुरी कमर्सियल बैंक, दिन प्रतिदिन नाजुक अवस्थामा पुग्दै फाइनान्स भन्दा कमजोर बन्दै सेञ्चुरी कमर्सियल बैंक, दिन प्रतिदिन नाजुक अवस्थामा पुग्दै ५ दिन पहिले
ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको ८१ हजार कित्ता शेयर भर्ने आज अन्तिम दिन ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको ८१ हजार कित्ता शेयर भर्ने आज अन्तिम दिन ७ दिन पहिले
२७ वाणिज्य बैंकः २१ काे मुनाफा बढ्दा ७ को घट्यो, एनएमबी, कुमारी र नेपाल इन्भेष्टमेण्ट बैंक अग्रस्थानमा २७ वाणिज्य बैंकः २१ काे मुनाफा बढ्दा ७ को घट्यो, एनएमबी, कुमारी र नेपाल इन्भेष्टमेण्ट बैंक अग्रस्थानमा २ हप्ता पहिले
ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्ब माथि, नेटवर्थ कति ? ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्ब माथि, नेटवर्थ कति ? २ हप्ता पहिले

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय