बुधबार , कार्तिक १२, २०७७

आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट !

आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट !

११ असोज, काठमाडौं । युएईमा इन्डियन प्रिमियर लिग शुरु हुने बेला धेरैले धेरै रन नबन्ने अनुमान गरेका थिए । त्यसमाथि व्याट्सम्यानलाई रन बनाउन मुश्किल हुने पनि चर्चा खुबै थियो । खासगरी युएई बलरका लागि उपयोगी पीच रहेकाले व्याट्सम्यानले संघर्ष गर्नुपर्ने धेरैको भनाई थियो ।

तर अवस्था ठीक उल्टो छ । युएईको पीचमा व्याट्सम्यानहरुले धुरन्धार रन जोडिरहेका छन् । केही स्टार व्याट्सम्यान चल्न नसकेपनि केही व्याट्सम्यानले भने राम्ररी चौका छक्का हानिरहेका छन् । केही नयाँ व्याट्सम्यान राम्रोसँग जमिरहेका छन् भने केहीले छक्का हान्नेमा किर्तिमान नै राखेका छन् ।

आईपीएलको २०२० को सिजनमा शुरुका ८ खेल सकिदा केही व्याट्सम्यानले छक्काको बर्षा नै गराएका छन् । तीमध्ये युएईको कठिन पीचमा सर्वाधिक छक्का हान्ने टप १० व्याट्सम्यान को को हुन् त ? सामान्य चर्चा गरौ :

१. सन्जु सामसन [राजस्थान रोयल्स] : जारी आइपीएलमा एक खेल खेलेका सामसनले ७४ रन बनाएका छन्। जसमा उनले ९ छक्का प्रहार गरेका छन्। जुन सर्वाधिक छक्का संख्या हो।

२. केएल राहुल [किंग्स इलाभेन पञ्जाब] : किंग्स इलाभेन पञ्जाबका कप्तान राहुलले २ खेलमा १५३ रन बनाएका छन्। जसमा उनले ८ छक्का हिर्काएका छन्। उनले एकै खेलमा ७ छक्का प्रहार गरेका थिए।

३. फाफ डुप्लेसिस [चेन्नई सुपर किंग्स] : डु प्लेसीले ३ खेलमा १७३ रन बनाएका छन्। जसमा ७ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा ७ छक्का प्रहार गरेका थिए।

४. रोहित शर्मा [मुम्बई इन्डियन्स] : मुम्बई इन्डियन्सका कप्तान २ खेलमा ९२ रन बनाएका छन्। जसमा ६ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा ६ छक्का हिर्काएका थिए।

५. शेन वाटसन [चेन्नई सुपर किंग्स] : वाटसनले ३ खेलमा ५१ रन बनाएका छन्। जसमा ५ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा ४ छक्का प्रहार गरेका थिए।

६. मयंक अग्रवाल [किंग्स इलाभेन पञ्जाब] : जारी आइपीएलमा दुई खेल खेलेका मयंकले ८९ रन बनाएका छन्। जसमा ४ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा ४ छक्का प्रहार गरेका थिए।

७. स्टिभ स्मिथ [राजस्थान रोयल्स] : राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथले १ खेलमा ६९ रन बनाएका छन्। जसमा ४ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा ४ छक्का प्रहार गरेका थिए।

८. प्याट कमिन्स [कोलकाता नाइट राइडर्स] : प्याटले एक खेलमा ३३ रन बनाएका छन्। जसमा ४ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा ४ छक्का प्रहार गरेका थिए।

९. जोफ्रा आर्चर [राजस्थान रोयल्स] : जोफ्राले एक खेलमा २७ रन बनाएका छन्। जसमा ४ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा ४ छक्का प्रहार गरेका थिए।

१०. साम कुरान [चेन्नई सुपर किंग्स] : जारी आइपीएलमा तीन खेल खेलेका साम करनले ३५ रन बनाएका छन्। जसमा ४ छक्का प्रहार गरेका छन्। उनले एकै खेलमा २ छक्का प्रहार गरेका थिए।

भर्खर आएका र नयाँ व्याटुसम्यान तथा बलरले छक्का हान्दा स्टार व्याट्सम्यान भने यो लिस्टमा छैनन् । महेन्द्रसिंह धोनी, सबैभन्दा महंगा खेलाडी विराट कोहली, एबी डिभिलियर्स जस्ता व्याट्सम्यान यो सूचीमा छैनन् ।

तर यी व्याट्सम्यानले विस्तारै यो सूचीको अग्रस्थान कब्जा गर्ने अनुमान गर्दा फरक पर्दैन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय