बुधबार , कार्तिक १२, २०७७

टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात

टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात

११ असोज, एजेन्सी । युएई आईपीएलमा राजस्थान रोयल्सविरुद्ध टस हारेर पहिले व्याटिङ थालेको पञ्जाबले शानदार शुरुवात गरेको छ । पहिलो ५ ओभरमा उनीहरुले विना विकेट ५० रन कटाएका छन् ।

ओपनर व्याट्सम्यानका रुपमा आएका मयंक अग्रवाल र लोकेश राहुलले शानदार व्याटिङ गरिरहेका छन् । राहुलले यसअघि आईपीएलकै पहिलो शतक हानेका छन् भने अग्रवालले विष्फोट व्याटिङ गरेर पहिलो खेलमै ८३ रनसम्म बनाएका थिए ।

आजको खेलमा शुरुमै २ छक्का हानेका अग्रवालले आईपीएलमा १०० छक्का हान्ने नयाँ किर्तिमान बनाएका छन् । दुवै टोलीले एक एक खेल जितेका छन् ।

आजको खेलमा राजस्थानको टिममा जोश बटलर थपिएका छन् । उनी ओपनिङ व्याटिङका रुपमा टिममा आएका हुन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय