बुधबार , कार्तिक १२, २०७७

मयंकको शतकमा पञ्जाबले राजस्थानलाई दियो २२४ रनको लक्ष्य

मयंकको शतकमा पञ्जाबले राजस्थानलाई दियो २२४ रनको लक्ष्य

११ असोज, एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किंग्स एलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई २२४ रनको विशाल लक्ष्य दिएको छ ।

युएईमा टस हारेर पहिले व्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको हो । पञ्जाबका लागि ओपनर व्याट्सम्यान लोकेश राहुल र मयंक अग्रवालले १८३ रनको साझेदारी गरेका थिए ।

मयंकले शतक प्रहार गर्दै १०६ रन बनाए भने राहुलले ६९ रन बनाए । ५० बल खेलेका मयंकले १० चौका र ७ छक्का हाने । यस्तै निकोलस पुरनले ८ बलमा नटआउट २५ रन बनाए भने ग्लेन म्याक्सवेलले १३ रन बनाए ।

राजस्थानका टोम कुरान र अंकित राजपूतले एक एक विकेट लिए । २२४ रनको विशाल लक्ष्य पछ्याउदै राजस्थान अहिले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ । दुवै टिमले यसअघि एक एक जित हात पारेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय