बुधबार , कार्तिक १२, २०७७

एट्लेटिकोको डेब्यु खेलमै लुईस स्वारेजको गोल

एट्लेटिकोको डेब्यु खेलमै लुईस स्वारेजको गोल

११ असोज, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लुईस स्वारेजले डेब्यु खेलमै गोल गरेका छन् । ग्रानाडा विरुद्धको खेलमा ७० औँ मिनेटमा मैदान छिरेका स्वारेजले १५ मिनेटमै गोल गरेका हुन् ।

हालै मात्र बार्सिलोनाबाट एट्लेटिको पुगेका स्वारेजले डेब्युमै गोल गरेर आफू फर्ममा रहेको संकेत दिएका छन् । उनले गोलका लागि एउटा असिस्ट समेत गरेका थिए ।

बार्सिलोनामा नयाँ प्रशिक्षक रोनाल्डा कोम्यानको योजनामा पर्न नसकेपछि निराश भएका स्वारेज एट्लेटिका गएका हुन् । तर उनले एट्लेटिकोमा आफूलाई प्रमाणित गरेर देखाउने चुनौति समेत दिएका थिए । जुन उनले पहिलो खेलमै पूरा गरेका छन् ।

स्वारेजको डेब्यु खेलमै एट्लेटिकोले ग्रानाडालाई पाँच एक गोल अन्तरले हराएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय