कांग्रेस कमजोर पार्ने खलपात्र सिटौला
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार १७:५४:१४
समाचार टिप्पणी
१२ असोज, काठमाडौं । नेपालको राजनीतिमा चतुर खेलाडीका रुपमा कुमाईहरुको गणना धेरै अघिदेखि नै हुने गथ्र्याे । पञ्चायतकालमा पनि कुमाईहरु राजनीतिमा सफल मानिन्थे । चाहे बाम राजनीतिमा हुन् वा गैरबाम राजनीतिमा कुमाईकै रजाईं । त्यो क्रम अहिलेपनि उस्तै छ ।नेकपाभित्र केपी ओलीका अगडि सबै नेता निरीह छन् । नेपाली कांग्रेसमा पनि कृष्णप्रसाद सिटौलाले त्यही रुप धारण गरेका छन् ।
कांग्रेस पार्टीलाई मजबुत बनाउन शेरबहादुर देउवा अक्षम रहेको प्रमाणित भइसकेको छ । त्यो यथार्थ सारा कांग्रेसजनले भन्ने गरेका छन् । तर सिटौला भने त्यसैमा खेल्न अभिशप्त छन् । पार्टीभित्र सानो गुट बनाएर अरुलाई भिडाएर आफ्नो दुनो सोझ्याउने उनको शैली र प्रवृत्ति सधैं सफल भएको छ ।
हिजै मात्र उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग दुई घण्टा लामो छलफल गरे । तर निर्णय भने देउवालाई सघाउने खालको सुनाए । निकट कार्यकर्ताहरुलाई आफू पार्टी मिलाउने हैसियतमा रहेको सन्देश दिन उनी चाहन्छन् । हिजै पौडेलकोमा जानुअघि केही निकट नेता कार्यकर्ताहरुसँगको भेटमा सिटौलाले देउवालाई साइजमा राख्न अब मोर्चाबन्दी गर्नैपर्ने भन्दै थिए । तर उनले त्यसो गरेनन्, बरु पौडेललाई तर्साउने र देउवालाई फकाउने रणनीति उनले अख्तियार गरे ।
उनको त्यही शैली अहिले बिकेको छ । देउवाबाट उनले राम्रै भागबण्डा पाइरहेका छन् । जसले गर्दा एउटा गुुट बनाउन उनी सफल भएका हुन् । तर गगन थापा र प्रदीप पौडेलहरु भने देउवाको विकल्प नखोजे कांग्रेस अझै रसातलमा पुग्ने भन्दै पौडेलसँग मोर्चाबन्दी गर्न सिटौलालाई भन्दै छन् । गगन र प्रदीपले आग्रह गरेकै कारण हिजो सिटौलाले नेता पौडेलसँग भेटेका हुन् । उनको मन भने देउवासँगै ढल्किएको छ– एक केन्द्रीय सदस्यले भने ।
करिब दुुई महिना गृह जिल्ला झापा बसेर आएका सिटौलाले लगत्तै सभापति देउवासँग भेटेका थिए । देउवासँगको भेटमा उनले पार्टीको अभिभावकका रुपमा बस्न आग्रह गरेको बताएका थिए । तर वरिष्ठ नेता सभापतिमा लडेको अवस्थामा चाहिं देउवालाई नै साथ दिने वचन उनले दिएका थिए ।
कुमाईहरु साँच्चै धूर्त हुन्छन्, त्यसको पुष्टि सिटौला आफैंले गरेका छन्– ती केन्द्रीय सदस्यले भने । सिटौलाको आश्वासन पाएपछि देउवा अझै पुलुकित भएका छन् । जसले गर्दा आगामी महाधिवेशनमा उनी उम्मेदवार बन्न अझै हौसिएका छन् ।
सिटौलाले फागुनमा महाधिवेशन नहुने भन्दै डंका पिटिरहेका छन् । त्यसको कारण भनेको देउवालाई सजिलो बनाउनु नै हो । फागुनमा हुन नसक्ने महाधिवेशन वैशाखमा गर्न सकिने उनको भनाई छ । तर दुुई महिनापछि कसरी हुन्छ भन्ने उनको पत्यारिलो तर्क भने छैन । त्यसैले यो सबै देउवालाई खुशी पार्ने उनको चालबाजी मात्र हो– ती नेताले भने ।
सत्ता राजनीतिमा यस्तै मानिस सफल हुने गर्दछ । तत्कालिन विद्रोही माओवादी पक्षसँग वार्ता गर्न कांग्रेस प्रतिनिधि रहेका सिटौला त्यसयता नेपाली राजनीतिमा केन्द्रीय भागमा देखिन्छन् । सात राजनीतिक दल र विद्रोही माओवादीद्वारा संयुक्त रुपमा भएको जनआन्दोलनको सफलताले सिटौलाको व्यक्तिगत जीवन उकालो लगायो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका भित्रिया बने । त्यसैको बलमा उनले कोइराला मन्त्रिपरिषदमा गृह मन्त्रालय प्राप्त गरे । विद्रोही माओवादीका पक्का र विश्वासितला पात्र पनि उनै बने ।
यसरी हेर्दा उनी सधैं सत्ता राजनीतिका धूर्त खेलाडी भएको पुष्टी हुन्छ । सुशील कोइराला रहेसम्म उनी कोइराला निकट नै थिए । तर पौडेलले कोइरालाको विरासत लिएदेखि उनी भड्किएका हुन् । उनी चाहन्थे– सुशीलपछि कोइरालाहरुको पक्षबाट आफू नेतृत्वमा स्थापित हुुनुपर्छ । तर पौडेलको त्याग र निरन्तरताका अगाडि सिटौलाको कद पुड्को नै देखियो । त्यसले सिटौलामा डाह र छटपटी बढेको छ ।
पौडेललाई कमजोर बनाउने उनको प्रयास हो । तर त्यसले देउवालाई फाइदा भएको छ । देउवाले कांग्रेसको नेतृत्व गर्ने मौका पाएका छन् । कांग्रेसमा देउवा जति बलियो हुन्छन् पार्टी भने त्यति नै कमजोर बन्ने निश्चित छ । यसरी हेर्दा कांग्रेसलाई कमजोर बनाउने अभियानमा सिटौलाको मिलेमतो छ । “सौताको रिसले पोइको काख बिगारे जस्तो” काम सिटौला गर्दैछन् – कांग्रसका एक नेता भन्छन् ।
यसैबीच आज असन्तुष्ट पक्षले देउवाको ज्यादति र गलत कामको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र दर्ता गर्दैछ । त्यसमा समेत सिटौलाले साथ नदिने बताएर देउवाकै तलुवा चाट्ने प्रवृत्ति देखाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार