शनिबार , जेठ १, २०७८

बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार सहयोग

बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार सहयोग

१२ असोज , बागलुङ । गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका छन्।

रोजगारीका सिलसिलामा जापानमा रहेका ६०० भन्दा बढी प्रवासी नेपालीबाट बाढी प्रभावितका लागि राहत रकम सङ्कलन गरिएको थियो । बाढी प्रभावितको पुन स्पनामा सघाउन राहत अभियान चलाइएको समाजका अध्यक्ष दिलु खत्रीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“बाढी प्रभावितको घाउमा मलम लागोस् भनेर सहयोग जुटायौँ, तत्कालै राहतको अनुभूति हुने गरी काम होस्”, उनले भने । समाजले दिएको सहयोग रकम बाढीमा बास गुमाएका परिवारको घर निर्माणमा खर्च गरिने ढोरपाटनका नगर प्रमुख देवकुमार नेपालीले बताए । उनले समाजका तर्फबाट बाढी प्रभावित छ परिवारका लागि रु पाँच लाख बराबरको घर बनाइदिने प्रतिबद्धता जनाए।

गलकोटका नगर प्रमुख गैरेले राहतको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले सयौँ परिवार घरवासविहीन बनेका छन् । बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन् । कैयौँ भौतिक संरचनामा क्षति पुगेको छ । बाढी प्रभावितका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । हालसम्म राहत कोषमा रु एक करोडभन्दा बढी जम्मा भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय