भरतपुर अस्पतालमा संक्रमित बिरामी घटे
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २०:१३:३६
१२ असोज, चितवन । कोरोना संक्रमण शुरुआती चरणमा सबै संक्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय संक्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना संक्रमित बिरामी छन् । यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो । संक्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको हो ।
पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना संक्रमितको उपचार गरिसकेको छ । यसमध्ये १३ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् ।
संक्रमितको सङ्ख्या घटेसँगै अस्पतालले संक्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको छ । पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए ।
यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो सङ्ख्या १५० र ११४ रहेको थियो । अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा संक्रमित राखेको छ । त्यसैगरी पुरानो क्याबिनमा पनि सङ्क्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ ।
अस्पतालको आन्तरिक विभागका श्ययाहरुमा पनि बिरामी भरिन थालेका छन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरु शुरु भएपछि प्रसूति गराउन आउनेहरु लाभान्वित भएका छन् ।
जिल्ला र बाहिरका बिरामीहरुले प्रसूतिका लागि भरतपुर अस्पताल रोज्न गर्दछन् । सबै क्याबिन कोभिडका बिरामीका लागि प्रयोग भएपछि प्रसूति गराउन आउनेहरुले समस्या भोगेका थिए । उनले भने, “अब यहाँ प्रसूति गराउन आउनेहरुको सङ्ख्या अरू बढ्छ ।” अहिले दैनिक ४० जनाको हाराहारीले प्रसूति सेवा लिने गरेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार हाल जिल्लामा रहेका संक्रमित मध्ये अस्पताल र स्थानीय तहका आइसोलेसनहरुमा ३२३ जना छन् । होमआइसोलेसनमा यो सङ्ख्या ६५८ रहेको छ । घरमा बस्दा छिटो निको भएको अनुभव संक्रमितहरुले गरेको उनको भनाइ छ ।
उनले भने, “घरको वातावरण आफू अनुकूल हुने भएकाले सम्भव भएकाहरु घरमा बस्ने क्रम बढेको छ ।” लक्षण देखिएकाहरु मात्रै अस्पताल आउन थालेका छन् । पछिल्ला दिनहरुमा संक्रमितहरुलाई मनोवैज्ञानिक त्रास घटेको छ भने सामाजिक विभेद पनि कम हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार